Logo

इन्डोनिसिया बसेर नेपाली नागरिक तस्कर गर्ने भारतीय गिरोह पक्राउ



काठमाडौं, ३१ भदौ । नेपालबाट अवैध बाटो प्रयोग गरी विभिन्न प्रलोभनमा फसाई मानव तस्कर गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने गिरोहमा भारतीय सहित नेपाली पनि छन् ।
क्राउ पर्नेमा भारत पञ्जाबको पठानकोट गुर्दासपुर घर भई हाल इन्डोनिसिया बस्दै आएका ३० वर्षीय परषोत्तमलाल छन् । रोजगारीका लागि अष्ट्रेलिया लैजाने भन्दै इन्डोनेसियामा नेपाली अलपत्र पार्ने परषोत्तमलाल सहित छ जना पक्राउ परेको मानव बेचविखन तथा नियन्त्रण ब्यूरोका प्रहरीले जानकारी दिएका छन् । उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । परषोत्तमलाललाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयबाट पक्राउ गरिएको हो ।

यस्तै दोलखाको गैरीमुदी गाउँपालिका–१ का शशी लामा भन्ने शशीकुमार तामाङलाई ठमेलस्थित सोफिया क्याफेबाट र म्याग्दीको बेनी नगरपालिकाका डोलेन्द्र कार्कीलाई माइतीघरबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

पर्वतको कुस्मा नगरपालिका–३ का शिव शर्मा र काभ्रेको चौरीदेउराली ९ की अस्मिरा चौलागाईं त्रिभुवन अन्तरराष्टिय विमानस्थल अध्यागमन कार्यालयबाट पक्राउ परेका छन् । काभ्रेको पनौती नगरपालिका ४ का अर्जुन कार्की २९ भदौमा बबरमहलबाट पक्राउ परेको ब्यूरोले जनाएको छ ।

उनीहरूले सङ्गठितरुपमा अष्ट्रेलियामा आकर्षक रोजगारी तथा अध्ययनको प्रलोभनमा पारी ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । उनीहरूले यस्तै प्रलोभनमा पारेर विभिन्न स्थानबाट काठमाडौँ ल्याउने तथा ‘जर्नी टु अष्ट्रेलिया’ नामको फेसबुक पेजको प्रयोग र मेसेजसमेत गरी मानिस भेला पार्ने गरेका थिए । गिरोहसँग संलग्न अन्यको खोजतलास भइरहेको ब्यूरोका भनाइ छ । स्रोतका अनुसार यो गिरोहले युरोपियन मुलुकमा मानव तस्कर गर्ने गरेको अवस्थामा ठूलो सफलता मिलेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्