Logo

छाडा कुकुरको बन्ध्याकरण



मेलम्ची, ३१ भदौ । बजार क्षेत्रमा छाडा अवस्थामा रहेका ७४ छाडा कुकुरको बन्ध्याकरण भएको छ । छाडा कुकुरको सङ्ख्या बढ्दै जान थालेपछि हेलम्बु गाउँपालिकाले नियन्त्रण गर्नका लागि यस्तो उपाय अपनाउन थालेकोे छ । कुकुरको सङ्ख्या बढ्न नदिनका लागि गाउँपालिकाले स्थायी बन्ध्याकरण शुरु गरेको जनाएको छ । गाउँपालिका र नेपाल एनिमल वयल्फेयर एण्ड रिचर्सको आर्थिक सहयोगमा जिल्ला पशुसेवा कार्यालयले कुकुर आतङ्क नियन्त्रणका लागि ४३ भाले कुकुरलाई भ्यासेक्टोमी र ३१ पोथी कुकुरलाई मिनिल्याप गराएको बताएको छ ।

छाडा कुकुरको सङ्ख्या बढ्दै जाँदा बजार क्षेत्रमा बढी होहल्ला हुने र कुकुरको टोकाइले रेबिज रोगको सङ्क्रमण हुने खतरा भएकाले कुकुरलाई स्थायी बन्ध्याकरणका साथै रेबिजविरुद्धको सुई लगाइएको पशुसेवा कार्यालयले बताएको छ । गाउँपालिकाभित्रको मुख्य बजार क्षेत्रका ७४ छाडा कुकुरलाई नियन्त्रणमा लिएर सुरक्षितसाथ बन्ध्याकरण गरिएको गाउँपालिकाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्