Logo

मन्त्री भट्टराईले गुहारे प्राज्ञिक वर्गलाई



काठमाडौं, ३१ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकमा अराजक गतिविधि बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै प्राज्ञिक वर्गलाई विशेष भूमिका खेल्न गुहारेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ३४ औं प्राज्ञ सभाको मंगलबार काठमाडौमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले अराजक गतिविधिबाट मुलुक अगाडि बढन् नसक्ने भएकाले प्राज्ञिक वर्गले भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।

मन्त्री भट्टराईले सुसंस्कृत समाजबाट मात्र मुलुकमा परिवर्तन सम्भव हुने धारणा राखे । प्रतिष्ठानले तयार पार्ने प्राज्ञिक महत्वका नीति, योजना र कार्यक्रममा सरकारले सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्