Logo

कटुवा पेस्तोल सहित पक्राउ



झापा, ३१ भदौ । कोठाबाट कटुवाल पेस्तोल र विभिन्न सामग्री सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्र्नेेहरुमा विर्तामोड नगरपालिका ४ डेरा गरी बस्ने मकवानपुर भिमफेदी गाउँपालिका २ का अनुल सारु मगर सहित विर्तामोड नगरपालिका ४ मेघाबारी चोक बस्ने झापा हल्दिवारी गाउँपालिका ५ का टिका पोखरेल र ईलाम माङसेबुङ गाउँपालिका १ बस्ने मनिष भन्ने प्रविन मिश्र रहेका छन् ।

विर्तामोड नगरपालिका ४ स्थित मगरको कोठाबाट कटुवा पेस्तोल दुई थान, गोली चार राउण्ड, आर्थिक सहयोग सम्बन्धी पत्रहरु, परिपत्रहरु, विभिन्न माईन्युट बुकहरु, डायरीहरु, दस्तावेजहरु, सहयोग रसिदहरु, किताबहरु लगायतका विभिन्न सामाग्रीहरु सहित ३० भदौमा प्रहरीले पक्राउ गरेको हो ।

गत भदौ २२ गते राति विर्तामोड नगरपालिका २ चारपानेमा शंकास्पद बस्तु विस्फोट भएको घटनाको अनुसन्धान गर्ने क्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर, जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त घटनामा संलग्न रहेका पोखरेल र मिश्रलाई पक्राउ गरेको हो ।

उनीहरुलाई विर्तामोड नगरपालिका ४ मेघाबारी चोकबाट मे.६ प ७३०८ नम्बरको मोटरसाइकल, मोबाइल पाँच थान, डायरी एक थान, आर्थिक सहयोग सम्बन्धी पत्र सात थान, विभिन्न परिपत्र दुई पाना र पोखरेलको नाममा रहेको लाईसेन्स एक थान सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

पक्राउ पश्चात थप अनुसन्धान गर्ने क्रममा मगरको कोठा खानतलासी गर्दा कोठामा लुकाई राखेको हतियार लगायतका विभिन्न सामाग्रीहरु प्रहरीले फेला पारेको छ ।

यस सम्बन्धमा प्रहरीले थप प्रहरी गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्