Logo

कस्ले कुन आकारको राष्ट्रिय झण्डा प्रयोग गर्ने (सूचीसहित)



काठमाडौं, ३१ भदौ । नेपालको राष्ट्रिय झण्डा एउटै छ । तर, फरक ओहदाको व्यक्तिले फरक स्थानमा फरक आकारको झण्डा प्रयोग गर्न पाउने तोकिएको छ ।

कुनैपनि औपचारिक कार्यक्रमहरु संचालन गर्दा राष्ट्रिय झण्डा प्रयोग गर्ने सम्बन्धमा नेपालको संविधान तथा राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, ९ प्रथम संशोधन समेत० २०६९ मा उल्लेख भए अनुसार झण्डाको आकार फरक छ ।

राष्ट्रिय झण्डाको आकार प्रयोग

  • संबैधानिक निकाय तथा सरकारी कार्यालयहरुले प्रयोग गर्ने झण्डाको आकार ८x६ फिट
  • नेपाल सरकारको पुर्ण वा आंशिक स्वामित्वमा रहेका संघ वा संस्थाले प्रयोग गर्ने राष्ट्रिय झण्डाको आकार ६x४ फिट रहेको छ ।
  • संबैधानिक निकाय तथा सरकारी कार्यालय प्रमुखको कार्यकक्ष, गैर सरकारी गैर सरकारी संघसंस्था तथा नेपाली नागरिकले व्यक्तिगत रुपमा प्रयोग गर्ने राष्ट्रिय झण्डाको आकार ४X३ फिट
  • संबैधानिक निकाय तथा सरकारी कार्यालय प्रमुखको टेबुलमा र विशिष्ट व्यक्तिहरुले प्रयोग गर्ने सवारी साधनमा राखिने राष्ट्रिय झण्डाको आकार ३०X२० सेन्टिमिटर
  • नेपाली नागरिकले राष्ट्रिय उत्सव र महोत्सवहरुमा ३०x२० सेन्टिमिटर आकारको झण्डा हात हातमा लिएर हिड्न सक्नेछन् ।
  • राष्ट्रिय पर्व, राष्ट्रप्रमुख वा सरकार प्रमुखको औपचारिक भ्रमण तथा समकक्षी विदेशी पाहुनाहरुको सवारीका बखत तोकिए बमोजिमको सडकको दायाँ बायाँ र चोकमा फहराइने झण्डाको आकार ३x२=५ फिट छ ।
  • नेपाली नागरिकले ४x३ फिटका अतिरिक्त ३x२.५ फिटको राष्ट्रिय झण्डाको समेत प्रयोग गर्न सक्नेछन् । तस्बिर स्रोतः गृह मन्त्रालय


प्रतिक्रिया दिनुहोस्