Logo

अन्तर्राष्ट्रिय लगानीकर्तालाई मन्त्री ज्ञवालीको आह्वान : नेपालमा लगानीको प्रतिफल सुनिश्चित् (तस्विरसहित)



काठमाडौं, ३१ भदौ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले नेपाल लगानीको लागि उत्तम देश भएको बताएका छन् । उनले नेपालमा लगानी गर्न अन्तर्रा्ष्ट्रिय लगानीकर्तालाई आह्वान समेत गरेका छन् । पूर्वसांसद मञ्चले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा लगानीको प्रतिफल सुनिश्चित रहेको दाबी पनि गरे ।

ज्ञवालीले भने,‘भारत र चीन जस्ता ठूला देशहरुको बीचमा नेपाल छ । नेपालमा उत्पादित वस्तुको बजार चीन र भारत पनि हो । त्यसकारण नेपालमा लगानी गरेर राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ ।’

नेपालको साँस्कृतिक र प्राकृतिक विविधतालाई सदुपयोग गर्दै पर्यटन र उद्योग क्षेत्रमा लगानी गरेर नाफा कमाउन सकिने मन्त्री ज्ञवालीले बताए । नेपालमा राजनीतिक स्थीरता भएकाले लगानी र प्रतिफलको वातावरण बनेको उनको भनाइ छ । कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासामिची साईगो, अमेरिकी र भारतीय दूतावासका प्रतिनिधिलगायत सहभागी छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्