Logo

सरकारले ल्यायो संविधान दिवसमा लगाउने चार प्रकारको टिसर्ट



काठमाडौं, ३१ भदौ । सरकारले संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउने तयारी गरेको छ । संविधान दिवस मनाउन नारा समेत तय गरेको सरकारले त्यस दिन लगाउने टिसर्ट पनि सार्वजनिक गरेको छ ।

गृह मन्त्रालयले सार्वजनिक गरेको टिसर्ट सेतो रङ्गमा चार प्रकारको रहेको छ । राष्ट्रिय झण्डा छातिको बायाँतर्फ रहेको छ । छेउतर्फ नीलो रङ्ग छ ।

घर घरमा राष्ट्रिय झण्डा फहराउन र घर घरमा दिपावली गर्न आव्हान गर्दै संविधान दिवस हर्षोल्लासका साथ मनाउन नारा तयार गरिएको छ । कार्यालय र घरमा फहराउने झण्डाको फरक आकारको समेत जानकारी दिइएको छ । तस्बिर स्रोतः गृह मन्त्रालय



प्रतिक्रिया दिनुहोस्