Logo

खैरो हेरोईन सहित पक्राउ



काठमाडौं, ३१ भदौ । खैरो हेरोईन सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा विर्तामोड नगरपालिका(६ घर भएका शंकर राजवंशी रहेका छन् । चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट अवैध लागूऔषध खैरो हेरोईन ३० दशलमब ९० ग्राम सहित भदौ ३० गतेको दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा खटिएको प्रहरीले विर्तामोडबाट काठमाडौं आउँदै गरेको ना.५ ख ४९१३ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्