Logo

माल्दिभ्समा मस्ती मार्दै सुष्मिता (भिडियोसहित)



बलिउड नायिका सुष्मिता सेन यति खेर छुट्टी मनाउन माल्दिभ्स पुगेकी छिन् । उनी आफ्नो प्रेमी रोहमान शाल, छोरीहरु रेनी र अलिशासँग माल्दिभ्समा रमाइलो गरिरहेकी छिन् । उनले माल्दिभ्सका समुन्द्र तटमा खिचिएका केही तस्विरहरु आफ्नो टुवीटरबाट सार्वजनिक गरेकी छन् ।

 

उनको नाम मिस युनिभर्स १९९४ बाट बलिउड क्षेत्रमा गुन्जिएको थियो । सन् १९९६ मा रिलिज भएको फिल्म दस्तकबाट उनले बलिउडमा डेब्यू गरेकी थिइन् । उनी फिल्मी क्षेत्रभन्दा बाहिर आफ्नो चरम कसरत सत्रहरु र स्वास्थ्य जीवनशैलीबाट पनि परिचित छिन् । उनी छुट्टीको समयमा पनि आफ्नो कसरतलाई निरन्तर दिन्छिन् भन्ने कुरा उनीले ट्वीट गरेको भिडियोले पुष्टि गर्छ ।

 

Photo/Video Source: Sushmita Sen Twitter



प्रतिक्रिया दिनुहोस्