Logo

नियन्त्रित लागूऔषध सहित पक्राउ



बारा, ३१ भदौ । नियन्त्रित लागूऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका १३ बस्ने अली मिया धोबी रहेका छन् । उनलाई सोही उपमहानगरपालिका १० स्थितबाट नियन्त्रित लागूऔषध कोरेक्स ४० बोतल र नाईट्रोभेट १ सय ५० ट्याब्लेट सहित ३० भदौको साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी मटिअर्वाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot