Logo

एक केजी सुन सहित युवक पक्राउ



काठमाडौं, ३१ भदौ । एक केजी सुन सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं ठुलोर्भयाङ बस्ने सिन्धुली कमला नगरपालिका घर भएका राजकुमार बम्जन रहेका छन् । उनलाई काठमाडौं महानगरपालिका १६ माछापोखरीबाट करिब १ केजी सुन सहित ३० भदौको दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा सुन बिक्री बितरण भइरहेको सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको धातु सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्