Logo

नेपाली राष्ट्रिय फुटबल खेलाडीले परिवारसँग दशैंको टीका लगाउन नपाउने भए



काठमाडौं, ३१ भदौ । विश्वकप फुटबल छनोटको तेश्रो खेल नेपालले अष्ट्रेलियासँग खेल्ने तय भइसकेको छ । २३ असोजमा अष्ट्रेलियाको क्यानबेरामा नेपाली टोली विश्वकप खेलिसकेको मजबुत टोलीसँग भिड्नेछ ।

विश्व फुटबल वरियतामा अष्ट्रेलिया ४६ औं स्थानमा रहँदा नेपाल १६६ औं स्थानमा छ । वरियतामा आफूभन्दा १२० स्थानमाथिको देशसँग नेपालले उसको घरेलु मैदानमा खेल्नुपर्नेछ । यसकारण पनि नेपाली टोली दबाबमा पर्न सक्छ ।

यसअघि कुवेतसँग ७-० ले पराजित भएको नेपाली टोली ताइवानलाई उसकै मैदानमा २-० ले हराएर उत्साही भएको छ । तर, ताइवानसँग अष्ट्रेलियाको तुलना गर्न मिल्दैन । अष्ट्रेलिया विश्वकप खेल्दै आएको देश हो । उसले सन् २०१८ मा रुसमा भएको विश्वकपमा पनि सहभागिता जनाइसकेको छ ।

अष्ट्रेलियाको आक्रमणलाई रोक्न सकेर बराबरी नतिजा निकाल्न सक्नु पनि नेपाली टोलीको ठूलो सफलता हुनेछ । टोली यसैको तयारीमा छ ।
२१ असोजमा दशैंको टीका पर्ने भएकाले नेपाली राष्ट्रिय फुटबल खेलाडीले परिवारसँग टीकाटालो पनि गर्न पाउनेछैनन् । खेलको तयारीका लागि उनीहरु त्यस अघि नै अष्ट्रेलिया पुगिसक्नुपर्नेछ । खेल सकेको भोलिपल्ट फर्किएमात्र नेपाली फुटबल खेलाडीले अन्तिम समयमा परिवारसँग टीकाटालो गर्न पाउने अवस्था बन्नेछ ।



प्रतिक्रिया दिनुहोस्