Logo

सपना सम्झदै महिलाले विपनामै हीराको औठी निलेपछि…



अमेरिकाको क्यालिफोर्निया स्थित जेंना इभान्स नाम गरेकी महिलाले औंठी निलेकी छिन् । उक्त औठी उनले सपना भनेर निलेको बताएकी छिन् । सपनामा औठी निलेको ठानेकी उनी अस्पतालको बेडमा आफूलाई पाउँदा आश्चर्यचकित भएकी थिइन् । मंगलबारको राति २४ क्यारेटको हिराको औठी निलेको बताएकी छिन् । आफु तिब्र गतिको रेलमा गएकी र औठी निलेको सपना देखेको बताएकी छिन् ।

उनले पानीसँग औंठी निलेको भन्दै आफ्नो पोस्ट मार्फत सार्वजनिक गरेकी छिन् । उक्त पोस्ट निकै चर्चार्मा आएको छ । उनले धेरै किसिमको आश्चर्यचकित घटनाहरु सपनामा देखिरहने गर्छिन् । निन्द्रामा हिड्ने उनको बानी रहेको समेत आफैले बताएकी छिन् ।

सपना देखेर विपनामा आइपुग्दा अस्पतालको बेडमा पाइन् र औंठी पनि हातमा नरहेको पाएकी थिइन् । इभान्सको एक्स–रेमा हराएको औठी पत्ता लागेको थियो । उनले भने अनुसार औठीलाई आफ्नो पेटमा हेर्दा निकै खुसि भएकी छिन् । पुनः उनको श्रीमान्ले उक्त औठी उनलाई लाई दिएका थिए। ऋब पुनः उक्त घटना नघट्नेमा उनी विश्वस्त भएकी छिन् । Photo Source : The Independent 



प्रतिक्रिया दिनुहोस्