Logo

आठ जुवाडे पक्राउ



कास्की, ३१ भदौ । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका ९ बस्ने याम कुमार थापा लगायत आठ जना रहेका छन् ।

पोखरा महानगरपालिका ९ नयाँबजारस्थित तमु सेवा समितिको भवनमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई ३० भदौमा पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद २५ हजार १ सय १० रुपैयाँ र चार बुक तास सहित प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्