Logo

इस्लामको पवित्र तीर्थस्थल मक्कामा शिवलिंग !



मुसलमान धर्मालम्बीहरुको पवित्र तीर्थस्थल हो मक्का । साउदी अरेबियामा रहेको मक्कामा पैगम्बर मुहम्मदको जन्मस्थल पनि हो । इस्लामको दोस्रो सबैभन्दा पवित्र शहर मक्का पछि मदीना हो । यो पनि साउदी अरबमा पर्छ ।

शहरको बीचमा अल मस्जिद एक नबावी (“पैगम्बर मस्जिद“) छ । यसमा इस्लामी पैगम्बर मुहम्मदको चिहान रहेको मान्यता छ । कब्बा एक घन संरचना भएको स्तम्भ मानिन्छ जुन ग्रेनाइटले बनेको छ । इस्लामको सबैभन्दा महत्वपूर्ण मस्जिदको केन्द्रमा छ । मक्काको अल–मस्जिद अल हराम (“पवित्र मस्जिद“)। मुसलमानहरू काबाको वरिपरि सात पटक घडी घुम्ने दिशाको जसरी घुम्ने गर्छन् । मुस्लिम आफ्नो जीवनमा कम्तिमा एक पटक हज गर्न पर्छ । हज मक्काको वार्षिक इस्लामिक तीर्थयात्रा हो ।

मक्को बीचमा जहाँ सात पटक घुमिन्छ त्यहाँ शिवको लिङ्ग रहेको छ । मक्काको काबा वास्तवमै शिव लिंग हो भन्ने कतिपयको दाबी रहेको छ । अल्लाह शब्द स्वयं संस्कृत शब्द हो जसको अर्थ ‘देवी’ हो । आजसम्म त्यहाँ काबामा संस्कृत भाषामा शिलालेख छ । तीर्थयात्रीले मक्का तर्फ बढ्दै जाँदा आफ्नो टाउको र दारही फाल्न भनिन्छ । विशेष पवित्र पोशाक पहिरिनुपर्ने हन्छ । त्यसमा कपडाको टुक्राहरु समावेश हुन्छ । एउटा कम्मर वरिपरि लगाउनु पर्ने हुन्छ र अर्को काँधमा ।

यसैगरी, हिन्दु मन्दिरमा जाँदा पनि उक्त कुराहरुको ध्यान राख्नु पर्ने हुन्छ । मक्काको मुख्य मन्दिरमा शिवको प्रतीक रहेको छ । उक्त ठाउँलाई काबा भनेर चिनिन्छ । कालो कफनमा बेरिएको हुन्छ । काबा भएको स्थानमा आएका मुस्लिम तीर्थयात्रीहरू यसका वरिपरि सात पटक घुम्छन् । अरूकुनै मस्जिदमा त्यस्तो परिक्रमा गर्नुपर्दैन । हिन्दुहरुले जसरी नै काबामा घुमिन्छ । जुन मुसलमानहरुले अन्य कुनैपनि मस्जिदमा गर्दैनन् ।

हिन्दूहरू सधैं आफ्ना देवताहरूको चारैतिर घुम्ने गर्छन् । यो अर्को प्रमाण हो कि काबा तीर्थक्षेत्र एक पूर्व इस्लामिक भारतीय शिव मन्दिर हो जहाँ हिन्दु परिक्रमणको अभ्यास अझै ध्यानपूर्वक अवलोकन गरिन्छ । संस्कृतमा सप्तपादि भनेर चिनिने सातवटा कदम चाल्ने बानी हिन्दू विवाह समारोह र आगो पूजासँग सम्बन्धित छ । हिन्दु विवाहको अन्तिम संस्कार दुलहा र दुलहीलाई पवित्र आगोको वरिपरि चार पल्ट घुम्न (तर सात पटकसम्म गलत अर्थ लगाइएको छ) लगाइन्छ ।

“माखा“ भनेको आगो हो यसैले ती सात परिक्रमाले पक्का गर्यो कि मक्का पश्चिम एसियामा भारतीय अग्निपूजाको केन्द्र थियो । बकरी ईदको इस्लामिक अभ्यास गो–मेध र अश्व–मेध यज्ञ वा वैदिक कालको बलिदानबाट लिइएको हो । संस्कृत भाषाको अर्थ उपासना हो । उत्सव दिनहरूको लागि ईस्लामी शब्द ईड, पूजाको दिनहरूलाई जनाउँदछ । हिन्दु राशिफलमा मेष शब्दले पाठोलाई संकेत गर्छ । पुरातन समयमा वर्ष मेषमा सूर्यको प्रवेशको साथ शुरू हुन्थ्यो । त्यस अवसरलाई खसीको परिकारको भोज गरी मनाइन्थ्यो । बकरी ईद चाडको उत्पत्ति यही हो । बकरी शब्द भारतीय भाषाको शब्द हो । यसको अर्थ बाख्रा हो ।

कुरानको सबै अरबी प्रतिलिपिहरुमा रहस्यमय अंक ७८६ छापिएको छ । कुनै अरबी विद्वानले दिव्यको रूपमा यस विशेष संख्याको छनौट निर्धारण गर्न सकेको छैन । मुहम्मद अशिक्षित थिए भन्ने तथ्य छ । यो “जादुई“ संख्या अरुकुनै पनि होइन संस्कृतमा लेखिएको वैदिक पवित्र अक्षर ‘ऊँ’ हो । जो कोहीले संस्कृत जान्छ उसले अरबी तरीकामा पछाडि “इः“ को प्रतीक पढ्न कोशिस गर्न सक्छ र जादुमयी संख्या ७८६ देखा पर्नेछ ! यो विशेष संख्या वैदिक प्रतीकको गलत पढाई भन्दा बढी केही हैन । तपाईले यसलाई आफैं पढ्न प्रयास गर्न सक्नुहुन्छ । ‘ऊँ’ लाई ऐनामा हेर्दा देवनागरीको नम्बर ७८६ देखिन्छ । यसले साबित गर्छ कि मक्कामा भगवान शिवको नै पूजा गरिन्छ । यसबारे गहिरो अध्ययनहरु भइरहेका छन् । तथ्य र तथ्यांक संकलन जारी छ । जसबारे तर्क वितर्क चलिनै रहेको छ । स्पिकिङ ट्रीका अलावा विभिन्न सन्दर्भ ग्रन्थबाट तयार पारिएको हो ।



प्रतिक्रिया दिनुहोस्