Logo

अक्कुपन्चरले फोक्सो बिगार्न सक्छ



अक्कुपन्चर यस्तो प्राबिधिक प्रक्रिया हो जसमा भिन्न किसिमले मानिसको समस्यालाई निदान गरिन्छ । यसमा बिशेष किसिमको सुइलाई विभिन्न ठाउँमा रोप्ने गरिन्छ । यसले शारीरिक र मानसिक समस्या समाधान गर्न सक्छ । यसमा सल्यक्रिया नगरी समाधान हुने प्रयास गरिन्छ ।
सुई काधमा रोप्दा यसले एक महिलाको फोक्सोमा निकै असर पारेको विषय पनि आएको छ ।

फोक्सो नै खराब भएको छ । ३३ वर्षीया महिलालाई काँधमा असहीय पीडा भएको कारण अक्कुपन्चरको सहाराले नीको पार्ने क्रममा डाक्टरले सुइ घोप्दा अलि बढी घोपेको थियो । उनको फोक्सोमा समस्या देखा परेको थियो । हाम्रो छाला भन्दा फोक्सो करिब ०.४ देखि ०.८ इन्च सम्म भित्र रहने गर्छ । उक्त घटनामा डाक्टरले सुइ अली गहिराईमा छिराएको र करिब ३० मिनेट सम्म ननिकालेको क्रममा महिलाको देब्रेपट्टिको छाती दुखेको अनुभव भएको थियो ।

महिलालाई अचानक निकै धेरै पीडा महसुस भयो । साथै स्वास फेर्न कठिन भएको थियो । पछि उनको सरीरबाट सबै सुइ निकालियो र उनलाई घर पठाइयो । सोही क्रममा उनको देब्रे पट्टि दुख्ने र दाहिने पट्टि केहि महसुस नभएको कारण उनलाई आइ सी यूमा भर्ना गरिएको थियो । पछि उनको दुवै फोक्सो खराब भएको थियो । त्यसैले यसमा निकै सावधानी अपनाउनुपर्ने बताइएको छ । Photo Source : Harvard Health



प्रतिक्रिया दिनुहोस्