Logo

जन्मदिनमा जन्मघर पुगे मोदी



भारतीय प्रधानमन्त्री नरेनद्र मोदी जन्मदिनमा आफ्नो जन्मभूमि गुजरात स्थित आफ्नो जन्मघर पुगेका छन् । घरमा गएर मोदीले आमाको पाउ छोएर आशिर्वाद लिएका छन् । उनले आमासँग बसेर दिउँसोको खाना खाए ।

उनले शाकाहारी गुजराती खाना खाए । हातैले रोटी र तरकारीको परिकार टेबुलमा बसेर खाएका थिए । मोदी आमालाई असाध्यै माया गर्छन् ।

मोदी गुजरातको मुख्यमन्त्री भएकै समयमा चुनाव लडेर प्रधानमन्त्री भएका हुन् । गुजरातको सामान्य परिवारमा जन्मिएर भारतका प्रधानमन्त्री हुनेमध्येमा मोदी पर्दछन् । मोदीले भारतको पहिलो गृहमन्त्री शरदार भाई पटेलको विशाल शालिकलाई हेलिकप्टरबाट फन्को मारेका छन् ।  पटेललाई उनी आदर्श पुरुष मान्दछन् ।

Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्