Logo

प्रभु शाह र रघुवीर महासेठलाई कारबाहीको माग गर्दै ज्ञापन पत्र



काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका १९ केन्द्रीय सदस्यले प्रदेश २ का अध्यक्ष प्रभुसाहित चारै पदाधिकारीमाथि कारबाही गर्न माग गरेका छन् ।

केन्द्रीय सदस्यहरु नागेन्द्र चौधरी, महेन्द्र पासवानलगायतले मंगलबार पार्टी महासचिव विष्णु पौडेललाई भेटेर ज्ञापन पत्र समेत बुझाएका छन् । पार्टीका प्रदेश २ का अध्यक्ष प्रभु शाह, सचिव सुमन प्याकुरेल, इन्चार्ज सत्यनारायण मण्डल र सहइन्चार्ज विश्वनाथ साहमाथि कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।

पार्टी बनाउने भन्दा पनि पद दुरुपयोग गरी गुट मात्र खडा गर्ने काम गरेको आरोप असन्तुष्ट पक्षले लगाएको छ । विधान, नियमावली, निर्दे्शिका, सचिवालय निर्णय र परिपत्र सबै उल्लंघन गरेको ज्ञापनपत्रमा उल्लेख छ । १९ केन्द्रीय सदस्यले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई पनि विधान विपरीत स्थायी समिति सदस्य बनाइएको भन्दै कारबाही गर्न माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्