Logo

चन्द्रमामा हराएको विक्रम ल्यान्डर खोज्दै नासाको यान



चन्द्रमामा अवतरण गर्दा सम्पर्क विच्छेद भएको भारतको विक्रम ल्यान्डरको भविष्यबारे नासाले टुंगो लगाउने भएको छ । ल्यान्डको स्थितिबारे विवरण पत्ता लगाउन नासाको यानले प्रयास गर्ने जनाइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार नासाको लुनास रिकनेसान्स अरबिटर विक्रम ल्यान्डर रहको स्थानको नजिक पुग्ने भएको छ । नासाको अरबिटरले विक्रम ल्यान्डरको तस्बिर समेत कैद गरी सार्वजनिक गर्ने जनाइएको छ । भारतको अन्तरीक्ष केन्द्र इसरोलाई विक्रम ल्यान्डरसँग सम्पर्क स्थापित गर्न सकिने नसकिनेबारे नासाले सघाउने भएको हो ।

नासाको अन्तरीक्षयान चन्द्रमालाई घुमिरहेको छ । यसले चन्द्रमाको सतहको तस्बिर खिचेर पठाउने गरेको छ । चन्द्रमामा सम्भावित वरफबारे यसले अध्ययन गरिरहेको छ ।

२१ सेप्टेम्बरबाट विक्रम ल्यान्डरसँग कुनै ऊर्जा नहुने भएकाले त्यसअघि नै सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको छ । अब इसरोनसँग मात्र चार दिन बाँकी छ । उसको भाग्यको फैसला नासाको अध्ययनले गर्नेछ ।-एजेन्सी Photo Source: cnet



प्रतिक्रिया दिनुहोस्