Logo

डेंगुपछि स्क्रव टाइफस



काठमाण्डौ । देशैभर डेंगुको संत्रासमा रुमल्लिएका बेला राजधानी लगायत देशका विभिन्न स्थानमा स्क्रब टाइफसका बिरामी पनि बढेका छन् । केहीदिन अघि सुदूरपश्चिम प्रदेशमा स्क्रब टाइफसका बिरामी बढेको पाइएको थियो । तर, पछिल्ला दिनमा राजधानीमा पनि यसको संक्रमण बढेको छ ।

पछिल्लो केही दिनदेखि देशका विभिन्न जिल्ला धादिङ नुवाकोट, डडेलधुरा लगात काठमाडौमा समेत स्क्रव टाइफसका विरामी बढ्दै गएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक जसो २० देखि ३० जनाको हाराहारीमा स्क्रब टाइफसका विरामी आउने गरेका छन् । तर अस्पतालमा भर्ना भएका विरामीलाई यस रोगको बारेमा त्यति जानकार छैनन् ।

अस्पतालमा दैनिक दुइसयको हाराहारीमा डेंगुका बिरामी भेटिएका छन् । त्यसमध्ये २० देखि ३० जनासम्मा स्क्रब टाइफसको संक्रमण पनि देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखाको पछिल्लो तथ्याङ्क अनुसार करिव ४ सय जना स्क्रब टाइफसबाट संक्रमित विरामी भेटिएका छन् ।

पछिलो एक सातमा मात्र ७६ जनामा स्क्रव टाइफस भेटिएको छ । स्क्रब टाइफसबाट सबै भन्दा बढी सुदुरपश्चिममाका जनता बढी प्रभावित भएका छन् । जहा डेगुं भन्दा पनि स्क्रव टाईफसले भयवहरुप लिरहेको महासाखाको भनाई छ । स्क्रव टाइफसकै कारण कैलालीमा एक जनाको मृत्यु समेत भैसकेको छ ।

सन् २००४ मा पहिलो पटक नेपालमा देखापरेको यो रोग सन् २०१५ देखि यता वर्षेनी देखापरेको छ । सो वर्ष ८ जनाको सोही रोगले मृत्यु भएको थियो भने सन् २०१६ मा १४ जनाको मृत्यु भएको थियो ।

स्क्रब टाइफस रोग मुसाबाट माइस जिवाणुले मनिसमा सार्न गर्दछ । स्कोब टाइफस रोग लागेमा ज्वरो आउने, मांशपेशि, दुख्ने अत्यधिक टाउको दुख्ने, पसिना आउने खोकी लाग्ने जस्ता लक्षण देखापर्ने चिकित्सक बताउछन् ।

पछिल्लो समय जनस्वास्थ्यको मुख्य समस्या बनेको डेंगु र स्क्रब टाइफस नियन्त्रणका लागि सरकार उदासिन भएको अराोप लाग्दै आएको छ । हजाराँै नागरिक यि रोगबाट संक्रमित भइसकेका पनि छन् । तर सरकारको भूमिका प्रभावकारी देखिएको छैन ।



प्रतिक्रिया दिनुहोस्