Logo

जेएनयू विद्यार्थी युनीयनको चुनावमा वामपन्थीको जीत



जवाहरलाल नेहरु विश्वविद्यालयको विद्यार्थी युनीयनको चुनावमा वामपन्थीले सबै पदमा जीत हासिल गरेका छन् । वामपन्थी उम्मेदवारले निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर मत ल्याई विद्यार्थी युनीयनको अध्यक्ष पद जितेका छन् ।

वामपन्थी समूहकी ९आइसा० घोषले २३१३ मत ल्याउँदा भारतीय जनता पार्टी निकट घोष एएफआईकी हुन् । अखिल भारतीय विद्यार्थी परिषद ९एबीभीपी० का मनिष जंगिडले ११२८ मत ल्याएका छन् ।
चुनावमा वामपन्थी गठबन्धको एसएफआईले अध्यक्ष, आइसाले महासचिव र डिएसएफले उपाध्यक्ष पदमा समझदारी गरी संयुक्त चुनाव लडेका थिए । जेएनयुमा एबीभीपीले गत वर्षभन्दा चार सय मत बढाएको छ । उसले विस्तारै प्रभाव बढाइरहेको देखिन्छ ।
दलित, आदिवासी र जनजातिसम्वद्ध दलनिकट बिर्से अम्बेडकर फुले विद्यार्थी युनीयनले तेस्रो स्थान हासिल गरेको छ । उसका जितेन्द्र सुनाले एक हजार मत कटाएका छन् ।

कँग्रेस आई निकट नेष्नल स्टुडेन्ट युनीयन अफ इन्डिया एनएसयुआईका प्रशान्त कुमारले चौंथो स्थान हासिल गर्दा पमदमै प्रियंका भारतीले र स्वतन्त्रका रागभेन्द्र मिश्रले अति कम मत ल्याएका िथए।

उपाध्यक्ष पदमा वामपन्थी उम्मेदवार साकेत मुनले निकटतम प्रतिद्वन्द्वी एबीभीपीका उम्मेदवारलाई पराजित गरे ।

सबै पदहरुमा वामपन्थीले जीत हासिल गरेपछि औपचारिक नजिता सार्वजनिक गरिएको छैन । आइतबार सकिएको मतगणना रोक्न भारतको अदालतले आदेश दिएको छ । दुईजना उम्मेदवारहरुले आफूहरुको उम्मेदवारी खारेज गरिएकोमा अदालतमा मुद्या दायर गरेपछि चुनावी नतिजा सार्वजनिक नगरिएको हो । १७ सेप्टेम्बरमा अदालतको आदेशपछि चुनावी नतिजा औपचारिक रुपमा प्रकाशन गर्ने टुंगो लागेको हो ।



प्रतिक्रिया दिनुहोस्