Logo

भारतले गर्यो आकाशबाट आकाशमै मार हान्ने क्षेप्यास्त्र परीक्षण



भारतले आकाशबाट आकाशमै मार हान्न सक्ने क्षेप्यास्त्र परीक्षण गरेको छ । आज उडिसामा विमानबाट उक्त क्षेप्यास्त्र परीक्षण गरेको हो ।

७० किलोमिटरको दुरीसम्म तारो हान्न सक्ने क्षेप्यास्त्र प्रतिघन्टा ५५ सय ५५ किलोमिटरको वेग लिन सक्छ । भारतीय रक्षा मन्त्रालयले क्षेप्यास्त्रको सफल परीक्षण भएको जनाएको छ । ‘अस्त्र’ नाम दिइएको आकाशबाट आकाशमै मार गर्न सक्ने क्षेप्यास्त्र भारतको प्रतिरक्षा रिसर्च एण्ड डेभलपमेन्ट अर्गनाइजेशनले विकास गरेको हो ।

भारतले पछिल्लो समय हतियारको धमाधम विकास गर्दै आएको छ । आणविक अस्त्र सम्पन्न भारतसँग जल, स्थल र वायु तीनै क्षेत्रमा मार हान्न सक्ने क्षेप्यास्त्र रहेको छ ।



प्रतिक्रिया दिनुहोस्