Logo

पाकिस्तान नियन्त्रित काश्मिरमा दाबी गर्दै भारतीय विदेशमन्त्रीले दिए भौतिक शक्तिबाट लिने चेतावनी



पाकिस्तान नियन्त्रित काश्मिरमा भारतले फेरि दाबी प्रस्तुत गरेको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले उक्त भूभाग भारतको रहेको दाबी गर्दै त्यसका लागि कुनैपनि दिन शक्तिको प्रयोग गर्ने चेतावनी दिए ।

मङ्गलबार पत्रकारको प्रश्नमा उनले पाकिस्तान नियन्त्रित काश्मिर भारतको अंग भएको बताएका हुन् । उनको भनाई उदृत गर्दै इन्डियन एक्सप्रेसले लेखेको छ, ‘हाम्रो धारणा स्पष्ट छ कि पिओके (पाकिस्तान नियन्त्रित काश्मिर) भारतको अंग हो र हामीले कुनैपनि दिन भौतिक शक्ति प्रयोग गरी लिने आशा राखेका छौं ।’

पाकिस्तानसँग उसँग सम्बन्धित विषयमा मात्र वार्ता हुने तर काश्मिर मामलामा नहुने जयशंकरको भनाई थियो । सीमापार आतंकवादबाट भारतले एउटा छिमेकीबाट पृथक चुनौती भोगिरहेको बताए ।

भारतले काश्मिर मामलामा लिएको पछिल्लो निर्णयपछि पाकिस्तानसँगको सम्बन्ध अझ बिग्रिएको छ । दुवै देशबीचको तनावले क्षेत्रीय राजनीतिमै असर परेको छ ।



प्रतिक्रिया दिनुहोस्