Logo

६५ वर्षमा बच्चा जन्माउन सक्ने यी नश्लका महिला



महिलाले कति वर्षसम्म बच्चा जन्माउन सक्छन् । कसैले ५० वर्षमा बच्चा जन्माउँदा आश्चर्य मान्नुपर्छ । तर, यस्तो नश्लका महिलाहरु छन् जसले ६५ वर्षसम्म बच्चा जन्माउन सक्छन् । ती महिला पाकिस्तानको हिमाली भेगमा बस्छन् । उनीहरु हुन्जा जातिका हुन् ।

पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको हुन्जा नामक उपत्यकामा जातिका मानिस बसोबास गर्छन् । उनीहरुको सरदर आयु पनि लामो छ । सदावहार देखिन्छन् र स्वस्थ हुन्छन् । खानपान र वातावरणले उनीहरुलाई निकै स्वस्थ र तन्दुरुस्त बनाएको छ । जसका कारण लामो समय बाँच्छन् र ढिलोसम्म बच्चा जन्माउँछन् ।

हुन्जाका बासिन्दाको औसत आयु नै एक सय वर्षभन्दा माथि छ । ६० वर्षीया महिला पनि भर्खरकि युवतीलाई माथ दिन सक्ने चम्किलो अनुहारका छन् । उनीहरुको सुन्दरता, स्वस्थ जीवन र प्रजनन शक्तिबारे चासो र अध्ययन भइरहेको छ ।

उनीहरुको पृथक प्रकारको खानपान र स्वस्थकर जीवनशैली कारण भनिएको छ । हुन्जा बसोबास गर्ने क्षेत्रमा ६० वर्षको मानिसलाई पनि युवक र युवती भनेर सम्बोधन गरिने गर्छ । सफा सुग्घर, प्राकृतिक तरिकाको शारीरिक व्यायाम, स्वस्थकर आहारले हुन्जालाई सामथ्र्यवान र लामो समय बाँच्न सक्ने मात्र नभई सामान्य महिलाले भन्दा १५ वर्ष बढी उमेरसम्म बच्चा जन्माउनसक्ने खूबी दिएको हो



प्रतिक्रिया दिनुहोस्