Logo

विहानै डकैती गर्न घरभित्र छिरेका तीन किशोर मारिए



विहानको चार बजे । तीनजना किशोर एकजनाको घरमा पस्छन् । मास्क लगाएका उनीहरुले घरमा डकैती गर्न खोज्छन् । त्यतिकैमा घरधनीले आधुनिक हतियार झिकेर तीनजनालाई गोली हानी मारिदिन्छन् ।

यो घटना अमेरिकाको जर्जिया राज्यको हो । जहाँ विहानै डकैती गर्न मास्क लगाएर आएका १५ र १६ वर्ष उमेरका किशोर मारिए । घरधनीले थाहापाएपछि हतियार झिकेर हाने । किशोरमध्येको एकले घरधनीलाई आक्रमण गर्न बन्दुक निकालेलगत्तै घरका एकजनाले हतियार झिकेर प्रहार गरेका थिए । त्यसपछि बाँकी दुईजनामाथि पनि गोली चलाएका थिए ।

घटनाबारे सबै खुलासा गरिएको छैन । आत्मरक्षाका लागि घटना भएको आधारमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ । घटनामा मारिएकाको नाम खुलाइएको छैन ।-एजेन्सी Photo Source: WWSB



प्रतिक्रिया दिनुहोस्