Logo

चामल किन्न छोडे बाजुरेलिले



बाजुरा, असोज १ । जिल्ला सदरमुकाम मार्तडीस्थित नेपाल खाद्य संस्थान बाजुराले चामलको मूल्य घटाउँदा पनि विक्री हुन सकेको छैन ।

बजार मूल्यभन्दा संस्थानको चामलको मूल्य कम भए पनि विक्री हुन नसकेको हो । दशैं, तिहार आउनुअगावै चामल किन्नेको घुइँचो हुने संस्थानमा पछिल्लो समय चामल विक्री हुन छाडेको नेपाल खाद्य संस्थान बाजुराका प्रमुख मेघराज ओझाले बताए ।

‘कम मात्रामा चामल विक्री हुन थालेपछि दशैं र तिहारका लागि संस्थानको गोदाममा चामल प्रशस्त रूपमा रहेको छ । यो वर्षको चाडपर्वमा चामलको कुनै अभाव हुने छैन,’ उनले भने ।

बजारका पसलहरूमा सहजै चामल पाउन थालेपछि संस्थानको चामल कम मात्रामा बिक्री हुन थालेको प्रमुख ओझाको दाबी छ । खाद्य संस्थान बाजुराले प्रतिकिलोग्राम मोटो चामल ४५ रुपैयाँ, सोना मनसुली ४८ रुपैयाँ र जिरा मसिनो चामल ६२ रुपैयाँका दरले विक्री गर्दै आएको छ ।

उनका अनुसार, विगतमा दैनिक १५० जनाले चामल किन्न संस्थानमा आउने गर्थे तर यो वर्ष दैनिक ४० जना पनि मुस्किलले चामल किन्न संस्थानमा आउने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्