Logo

खानेपानी मन्त्री मगरले मेलम्चीमा करोडौंको भ्रष्टाचार गरेको खुलासा (भिडियोसहित)



काठमाडौं, १ असोज । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले अरबौं भ्रष्टाचार गरेको आरोप लगाएका छन् । सोमबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दैै शाहीले यस्तो आरोप लगाएका हुन् ।

उनले नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३२ अर्बको भ्रष्टाचार गरेको पनि आरोप लगाए । उनले प्रचण्डलाई पनि जेल हाल्ने घोषणा गरे । उनले भने,‘प्रचण्डले ३२ अर्बको भ्रष्टाचार गरेको कुरा अख्तियारमा फाईल छ । क्यान्टोनमेन्टमा भ्रष्टाचार भएको छ । वाईडबडीमा भएको भ्रष्टाचारीलाई घोक्रे ठ्याक लाउने हो । मेलम्चीका दोषीलाई घोक्रे ठ्याक लाउने हो ।’



प्रतिक्रिया दिनुहोस्