Logo

चलचित्र अध्ययनको लागि खुल्यो क्याम्पस



चलचित्र सम्बन्धि पठन–पाठनको लागि क्याम्पस खुलेको छ । काठमाण्डौंको मध्यबानेश्वरमा त्रिभुवन विश्व विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी ‘नेपाल फिल्म क्याम्पस’ सञ्चालनमा आएको हो ।

प्रिन्सिपल शिशिर उप्रेतीले क्याम्पसमा चार वर्षे स्नातक अध्ययन हुने जनाएका छन् । चलचित्र अध्ययनको लागि क्याम्पसमा भर्ना सुरु गरिएको छ । क्याम्पस नेपाली मात्र नभएर दक्षिण भारतीय तथा अन्य देशका विद्यार्थीहरुलाई समेत लक्षित गरेर सञ्चालनमा ल्याइएको जनाइएको छ ।

क्याम्पसमा चलचित्र लेखन, निर्देशन, दृष्य सम्पादन, छायांकन, अभिनय तथा ध्वनी सम्बन्धी पाँच विषयमा अध्यापन हुनेछ ।



प्रतिक्रिया दिनुहोस्