Logo

छठपछि ज्ञानेन्द्रलाई राजा बनाउने सहमति, संघीयता र गणतन्त्र धरापमा (भिडियोसहित)



काठमाडौं, १ असोज । चाडपर्व सकिएलगत्तै पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा बनाउने सहमति भएको खुलासा भएको छ । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेताहरुले यस्तो खुलासा गरेका हुन् ।

नेपाली कांग्रेसका नेता तथा सांसद भीमसेनदास प्रधानले वर्तमान सरकारले संविधानअनुसार अधिकार दिन नचाहेको आरोप लगाए । यही कारणले कता कता संघीयताले काम नगरेको हो कि भन्ने आभाष हुन थालेको उनको टिप्पणी छ । तर, उनले संघीयता अहिल्यै नै घाँडो नभएको जिकिर गरे । अधिकार प्रत्यायोजन गर्न केन्द्रले हस्तक्षेप गरेको कारण प्रदेश तथा स्थानी सरकारले काम गर्न नसकेको उनको अर्को गुनासो छ ।



प्रतिक्रिया दिनुहोस्