Logo

अविरल वर्षाले कुन कुन नदीबाट खतरा (सूचीसहित)



काठमाडौं, असोज १ । दुई दिनयताको अविरल वर्षाले देशभरका नदीहरुको बहाव क्षमता बढेको छ । नदीहरुमा बाढी आएर बहाव सतर्कता पार गरेको छ ।

नेपाली बाढी सूचनाले जनाएअनुसार आज कोशी,कमला,बागमती,नारायणी,पश्चिमराप्तीका सहायक नदीमा बहाव सतर्कता आसपास पुग्न सक्नसक्नेछ । यी नदीहरु बग्ने जिल्लाहरुमा खतरा रहेको छ ।

मकवानपुर,सिन्धुली,काठमाण्डौ,रसुवा,नुवाकोट,लमजुङ,कास्की,चितवन,नवलपरासी,रूपन्देही,कपिलबस्तु,पाल्पा,अर्घाखाँची,गुल्मी,स्याङजा,बागलुङ,पर्वत,म्याग्दी, दाङ,बर्दिया भई बहने सानानदीमा बहाव बढ्ने बाढी सूचनाले जनाएको छ ।

यसैगरी,सिन्धुली,मकवानपुर,बारा,पर्सा,काठमाण्डौ,सिन्धुपाल्चोक,काभ्रेपलाञ्चोक,रसुवा,नुवाकोट,धादिङ,गोरखा,लमजुङ,मनाङ,तनहुँ,चितवन,नवलपरासी,रुपन्देही,कपिलबस्तु,पाल्पा,अर्घखाँची,स्याङ्जा,कास्कीप्यूठान,गुल्मी,बागलुङ,पर्वत,दाङ,रोल्पा भई बहने स(साना नदीहरूमा बहाव तुलनात्मक रूपमा बढ्ने सभवना छ ।



प्रतिक्रिया दिनुहोस्