Logo

च्याम्पियन्स लिगको पहिलो खेलमै लिभरपुर पराजित



युरोप, १ असोज । च्याम्पियन्स लिग फुटबलमा लिभरपुल पहिलो खेलमा इटालियन क्लब नापोलीसँग पराजित भएको छ। मंगलबार भएको खेलमा साविक विजेता लिभरपुल नापोलीसँग २–० ले पराजित भएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा लिभरपुलले दुबै गोल खेलको दोश्रो हाफमा खाएको हो। नापोलीको जितमा द्रिस मर्तेन्स र फेर्नान्डो लोरेन्तेले गरे। च्याम्पियन्स लिग फुटबलको इतिहासमा साबिक विजेता टोलीले नयाँ सिजनको पहिलो खेलमा हार बेहोरेको पछिल्लो २५ वर्षमा यो पहिलो पटक हो ।

सन् १९९४ मा उपाधि जितेको एसी मिलानले त्यसपछिको सिजनमा पहिलो खेलमा हार बेहोरेको थियो । समूह ई अन्तर्गत अवे मैदानमा भएको खेलमा लिभरपुलले पहिलो गोल खेलको ८२ औं मिनेटमा पेनाल्टीमार्फत खाएको थियो।

सो गोल द्रिस मर्तेन्सले गरे। त्यसपछि लिभरपुलविरूद्ध दोश्रो गोल नापोलीका लागि खेलको अतिरिक्त समयको दोश्रो मिनेटमा फेर्नान्डो लोरेन्तेले गरे। एजेन्सी



प्रतिक्रिया दिनुहोस्