Logo

मेस्सीको जादु चलेन, बार्सिलोना बराबरीमा रोकियो



जर्मन, १ असोज । युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा स्पेनिस क्लब बार्सिलोनाले यो सिजनको लिग बराबरीबाट सुरुवात गरेको छ । मंगलबार भएको खेलमा बार्सिलोनाले अवे मैदानमा जर्मन क्लब बोरुसिया डर्टमुण्डसँग गोलरहित बराबरी खेलेको हो।

जुलाईमा कोपा अमेरिका अन्तर्गत अर्जेन्टिनाबाट खेलेपछि मेसी पहिलो पटक मैदानमा उत्रिएका थिए। खेलमा डर्टमुण्डले पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्न सकेन। डर्टमुण्डले ५७ औं मिनेटमा पेनाल्टीको अवसर पाएको थियो।

उसका लागि मार्को रुइसको पेनाल्टी प्रहार गरेका थिए। तर बार्सिलोनाका गोलकिपर मार्क–आन्द्रे टेरले रोकिदिए । गोलरहित बराबरी भएपछि पहिलो खेलबाट दुवै टिमले एक/एक अंक बाँडेका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्