Logo

“कुल खानदान” को ट्रेलर सार्वजनिक (भिडियासहित)



पारिवारिक टेलिसिरियल “कुल खानदान” को ट्रेलर सार्वजनिक भएको छ । निर्देशक शोभित बस्नेतले निर्देशन गरेको उक्त सिरियललाई रमाइलो टिभिको प्रस्तुति रहेको छ । सिरियल दशैंदेखि प्रशारण हुने जनाइएको छ ।

सलिना बस्नेत कार्यकारी निर्माता रहेको पारिवारिक जीवनको आरेह अबरोह प्रस्तुत टेलिसिरियल राहुल राईले खिचेका हुन् । राम काजी घिमीरेको लेखनलाई बन्दे प्रसादले सम्पादन गरेका छन् । “कुल खानदान” मा मानीर शाह, सपना श्रेष्ठ, उत्तम केसी, रोहित रुम्वा, बिशाल पहाडी, शुभेच्छा थापा, अस्मिता जुरेली, संगम भण्डारी लगायत नव अभिनेत्री काब्या कार्की र बाल कलाकार एन्जिल रोकाय प्रमुख भूमिकामा छन् ।

निर्देशक बस्नेतले “कुल खानदान” लाई फिल्मी भब्यता दिइएको दाबी गरेका छन् । उनी यस टेलिसिरियलले दर्शकमाझ नौलो छाप छोड्नेमा आशावादी रहेको जनाएका छन् ।

भिडियो हेर्नुहोस्ः



प्रतिक्रिया दिनुहोस्