Logo

सरकारले खुलायो नापी तालिम (मात्र चौविस सिट)



काठमाडौं,१ असोज । भूमी व्यवस्थापन मन्त्रालयले नापी तालिमका लागि आवेदन खुलाएको छ । मन्त्रालयले एक वर्ष अवधिको जुनियर नापी तालिम खुल्ला प्रतिस्पर्धाका आधारमा प्रशिक्षार्थीहरु छनौटका लागि आवेदन खुलाएको हो ।

प्रत्येक प्रदेशबाट दुइ जनाको दरले खुला प्रतियोगिता तर्फ १४ जना र समावेशी समूह तर्फ १० जना गरी जम्मा २४ जनाको लागि आवेदन खुला गरेकोे मन्त्रालयले जनाएको छ । आवेदनका लागि न्यूनतम दश जोड दुई उत्तीर्ण वा सो सरह र १८ बर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्नेछ । उम्मेदवारले आवेदन फारमका साथ नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, शैक्षिक प्रमाणपत्रको प्रतिलिपी,समावेशी समूहका लागि स्थानीय तहको सिफारिस पत्र पेश गर्नुपर्नेछ ।

आवेदन दस्तुर खुलाको लागि ४०० र समावेशी समूह तर्फ प्रत्येक समूहको लागि थप २०० का दरले भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रको नाममा राष्ट्रिय वाणिज्य बैंक. धुलिखेल शाखा कार्यालय कोड नम्बर ३३६०४२६०१, बैंक खाता नम्बर १०००२०००१००००,राजस्व शीर्षक नम्बर १४२२४ मा रहेको खातामा जम्मा हुने गरी जुनसुकै स्थानको राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्नुपर्नेछ । आवेदन सुचना प्रकाशित भएको मितिले २१ दिनभित्र र दोब्बर दस्तुर तिरी ७ दिन सम्म आवेदन दिन सकिनेछ । आवेदनका लागि केन्द्रको वेभसाइट www.lmtc.gov.np बाट जानकारी लिन सकिने वा केन्द्रको वेभसाइटबाट पनि डाउनलोड गर्न सकिनेछ ।



प्रतिक्रिया दिनुहोस्