Logo

चन्द्रमामा हराएको विक्रम ल्यान्डरको अवस्था के छ ?



चन्द्रयान-२ को विक्रम ल्यान्डरसँग भारतीय अन्तरीक्ष केन्द्र (इसरो) ले सम्पर्क स्थापित गर्ने प्रयास छाडेको छैन । ल्यान्डरको खोजी अमेरिकी अन्तरीक्ष केन्द्र (नासा)ले पनि गरिरहेको छ ।

इसरोले केही दिनभित्रै ल्यान्डरको अवस्थाबारे वृस्तृत जानकारी सार्वजनिक गर्ने भारतीय पत्रिका इन्डियन एक्सप्रेसले जनाएको छ । इसरोले ल्यान्डको अवस्थाबारे केही दिनमै जानकारी दिनुपर्ने हुन्छ । केही दिनमै ल्यान्डर अवतरण गर्ने योजना बनाइएको स्थानमा सूर्यास्त हुनेछ । सूर्यको प्रकाश नभएपछि ल्यान्डरसँग ऊर्जा बाँकी रहनेछैन ।

सूर्यास्त अघि नै सबै तथ्य संकलन गरी इसरोले यथार्थ सार्वजनिक गर्नेछ । नासाले सन् २००९ देखि चन्द्रमाको अक्षमा छाडेको यानले पनि विक्रम ल्यान्डरको तस्बिर खिचेर सार्वजनिक गर्ने जनाइएको छ । अबको केही दिनमै सबै यथार्थ बाहिर आउनेछ ।

७ सेप्टेम्बरमा अवतरणका क्रममा २ं.१ किलोमिटर मात्र बाँकी रहँदा विक्रम ल्यान्डरसँग चन्द्रयान-२ को सम्पर्क टुटेको थियो । यान चन्द्र सतहमा रहेको र ढल्केको अवस्थामा रहेको खुलेको छ ।



प्रतिक्रिया दिनुहोस्