Logo

प्याजको मूल्य प्रतिकेजी एक सय पुगेर रेकर्ड तोड्यो



काठमाडौं, १ असोज । प्याजको मूल्य प्रतिकेजी एक सय रुपैयाँ पुगेको छ । आज बजारमा प्याक प्रतिकेजी एक सय रुपैयाँले किनबेच भएको हो ।

प्याजको मूल्य एक सय रुपैयाँ पुगेपछि उपभोक्ता मारमा परेका छन् । सर्वसाधारणको भान्छामा दैनिक प्रयोग हुने प्याजको मूल्य अहिलेसम्मकै बढी भएको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले जारी गरेको मूल्य सूची अनुसार प्याजको खुद्रा मूल्य एक सय पुगेको हो । प्याजको मूल्य बढ्नुमा देशभित्र उत्पादन कम हुनु र भारतबाट आयात हुने प्याजमा भन्सारमा कडाई हुनु कारण बनेको छ ।

प्याजका व्यापारीहरुले आयातका लागि अग्रिम रकम जम्मा गर्नुपर्ने अवस्था रहेको बुझिएको छ । व्यापारीहरुले ५० देखि एक करोडसम्म जम्मा गर्नुपर्ने अवस्थाका कारण पनि मूल्यमा असर परेको हो ।



प्रतिक्रिया दिनुहोस्