Logo

नाँचगानबाट फर्किएकी महिलाको हत्या गर्ने सत्र वर्षपछि पक्राउ



काठमाडौं, १ असोज । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन राप्ति नगरपालिका ७ बस्ने नुवाकोट ककनी गाउँपालिका ५ घर भएका भरत सुनार रहेका छन् ।

२०५९ पुस २१ गते नुवाकोट साबिक ककनी गाबिस ७ सिम्ले हाल ककनी गाउँपालिका ५ बस्न पदम कुमारी गुरुङको सिम्लेस्थित मकैबारीमा शव फेला परेको थियो । अनुसन्धानको शिलशिलामा घटनामा संलग्न रही फरार रहेका सुनारको खोजी गर्ने क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई चितवन राप्ती नगरपालिका ७ भवानी बजारबाट ३१ भदौमा पक्राउ गरेको हो ।

पुस २० गते राति छिमेकीको छोराको छेवरमा गएकी ती महिलालाई छेवर सकिएपछी नाचगानको कार्यक्रममा विवाद हुँदा घर फर्कने क्रममा सुनारले ढुङ्गा प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएकोे ब्यूरोले जनाएको छ ।
सुनारलाई थप आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको प्रहरीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम