Logo

दुई वर्षदेखि फरार प्रतिवादी पक्राउ



भक्तपुर, १ असोज । अदालतले दुई वर्ष कैद ठहर गरेपछि फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका १० कमलबिनायक बस्ने किशोर दुवाल रहेका छन् ।

जिल्ला अदालत भक्तपुरको २०७४ फागुन २९ गतेको फैसलाले २ वर्ष कैद सजाय ठहर भइ फरार रहेका दुवाललाई ३० भदौमा प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

दुवाललाई जिल्ला अदालत भक्तपुरमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि डिल्लीबजार कारागार काठमाडौं पठाइएको परिसरले बताएको छ



प्रतिक्रिया दिनुहोस्