Logo

१३ वर्षीय विद्यार्थीले छुरी हानी शिक्षिकाको हत्या गरे



शिक्षिका मुख धुँदै गरेकी हुन्छिन् । त्यत्तिकैमा १३ वर्षीय विद्यार्थीले पछाडि छुरा हान्छन् । केटाले छाति र पेटमा गरी पटक पटक छुरा हानेर घाइते बनाइदिन्छन् । अस्पताल पुर्याउँदा शिक्षिकाको मृत्यु भइसक्छ ।

यो घटना भारतको मुम्बईको हो । जहाँ ३० वर्षीया शिक्षिकाको हत्या भएको छ, त्यो पनि उनकै विद्यार्थीबाट । हत्या गर्ने केटा पक्राउ परेका छन् । सोमबार साँझ भएको घटनामा केटाको आमा र शिक्षिकाबीच विवाद भएको बताइएको छ । तर, हत्याको कारणमा गृहकार्यको विषय रहेको उल्लेख छ । मृतककी साथीले हत्याको कारणमा गृहकार्य नगर्दा शिक्षिकाले गाली गरेको बताएकी छिन् ।

गृहकार्य नगरेपछि पिटाई खाएपछि केटाले घरमा पुगी छुरी लिएर शिक्षिकामाथि प्रहार गरेका थिए । आवेगमा हत्या भएको हो वा अन्य कारण हो भन्नेबारे मुम्बई पुलिसले अनुसन्धान थालेको छ ।

हत्या गरिएकी शिक्षिका अइसा असलम हुसिया पारपाचुके गरेकी महिला थिइन् । उनले कक्षा आठसम्म पढाई हुने विद्यालय चलाएर बसेकी थिइन् । हत्याबारे थप अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्