Logo

किन खेलेनन् सलमानले “इन्शाअल्लाह”



बलिउड सुपरस्टार सलमान खानले निर्देशक सञ्जय लिला भन्सालीको “इन्शाअल्लाह” नगर्ने भएका छन् । सलमानले फिल्ममा अभिनेत्रीसँग चुम्बन सिन गर्नु पर्ने र आफुले पर्दामा कहिल्यै कुनै अभिनेत्रीसँग चुम्बन सिन नदिने कसम खाएका कारण फिल्म नगरेको जनाइएको छ । उनले निर्दशकलाई चुम्बन सिन हटाउन पटक–पटक आग्रह गरेको तर निर्देशकले अस्विकार गरेपछि फिल्म छोडेको भारतीय मिडियाले जनाएका छन् ।

सलमान फिल्म “दबंग ३” को छायांकन सकेलगत्तै “इन्शाअल्लाह” सुरु गर्ने तयारीमा थिए । फिल्ममा सलमानसँग अभिनेत्री आलिया भट्टको जोडी बाँधिएको थियो । निर्देशक सञ्जय लिला भन्साली र बलिउड सुपरस्टार सलमान खानबीचको टिमअपलाई अन्तिम पटक १९९९ मा प्रदर्शनमा आएको ब्लकबस्टर फिल्म ‘हम दिल दे चुके सनम’ मा देखिएको थियो । उनीहरु १९ वर्षपछि फिल्म ‘इन्शाअल्लाह’ मासँगै काम गर्न तयार भएका थिए । अन्तिम समयमा निर्देशक र अभिनेताबीच असमझदारी उत्पन्न भएपछि फिल्मको निर्माण स्थगित भएको छ । अहिले फिल्मको प्रोजेक्ट अन्योलमा परेको छ ।

निर्देशक भन्सालीको ड्रिम प्रोजेक्ट रहेको ‘इन्शाअल्लाह’ का लागि ५ करोडभन्दा बढी प्रि–प्रोडक्सनमा खर्च भइसकेको जनाइएको छ । निर्माण अगाडि नै फिल्मको थिएटर राइट्स १ सय ९० करोड भारुमा बिक्री भएको चर्चा छ । अन्योलमा रहेको उक्त फिल्मले ४० वर्षीय पुरुष र २० वर्षीय युवतीको प्रेमकथा वाचन गर्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्