Logo

पत्रकार खसोगी हत्या गरिएको भवन तीन गुणा कम मूल्यमा विक्री



साउदी अरबले पत्रकार जमल खसोगीको हत्या भएको भनिएको भवन विक्री गरेको छ । इस्तानबुलमा रहेको कुटनीतिक मिसनको भवन तीन गुणा कम मूल्यमा विक्री गरेको हो ।

टर्कीको मिडियाले भवन विक्री भएको खुलासा गरेको छ । एक महिना अघि भवन विक्री गरिएको र त्यसको साटो अर्को स्थानमा भवन खरिद गरिएको उल्लेख छ । भवन खरिद विक्रीबारे टर्कीको विदेश मन्त्रालयलाई समेत कुनै जानकारी नगराइएको खबर छ ।

गत वर्ष पत्रकार खसोगी मारिएपछि संसारभर चासो र चर्चा भएको थियो । घटनामा साउदी अरबका अधिकारीहरु संलग्न रहेको खुलासा भएको थियो । साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानको निर्देशनमा हत्या भएको भनिएपनि त्यसको खण्डन भएको छ । साउदी अरबले विवादका क्रममा खसोगी मारिएको जनाएको थियो ।

खसोगीको शव समेत फेला परेन । उनको हत्या गरी शव गायब पारिएको थियो । हत्याका लागि साउदी गुप्तचरहरु टर्की पुगेको समाचारहरु बाहिर आएका थिए ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्