Logo

यही सेप्टेम्बर २८ मा ‘ढाका रन वे ब्राइडल शो’ हुँदै (भिडियोसहित)



 

काठमाडौं, १ असोज । बेडिङ म्यानेजमेन्ट तथा मोडलिङसम्बन्धी काम गर्दै आईरहेको ढाका इभेन्ज कम्पनीले ढाका कपडाको प्रर्वद्धन गर्ने र यसको मौलिकतालाई विश्वस्तरमा चिनाउने उद्देश्यका साथ ‘ढाका रन वे ब्राइडल शो’ को आयोजना गर्ने भएको छ ।

यही सेप्टेम्बर २८ तारिखमा हुने उक्त फेशन शोमा नेपालका चर्चित डिजाईनर मनिश राई, मुक बुटिक (मुक्ता श्रेष्ठ), अर्बन भोग नेपाल (प्रफुल रिजाल, भारती आचार्य), विजय गौतम, मर्सल माश्सलले आफ्नो कलेक्शन/पहिरन तथा डिजाइन देखाउनेपनि आयोजकले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर जनाएको छ ।

काठमाडौंको कुपण्डोलस्थित् म्याक्सिम बैंक्वेटमा हुने उक्त फेशन शोमा ३५ जना मोडलहरुले सहभागिता जनाउनेपनि आयोजकले जनाएको छ । उक्त शोमा नायिका, मोडेल तथा गायिका परमीता आर.एल. राणा, मोडल सबिता कार्की, मिस नेपाल अश्मी श्रेष्ठ, नायिका करुणा श्रेष्ठ, नायिका तथा मोडल सिर्जना रेग्मीको विशेष उपस्थिति रहने र अन्य प्रस्तुतिहरु पनि समावेश गरिएको कम्पनीका क्रिएटिभ डाईरेक्टर अजय गुरुङले जानकारी दिए । परमीता आर.एल.राणा ढाका इभेन्ज कम्पनीकी ब्राण्ड एम्बासडरपनि हुन् ।

उनकाअनुसार उक्त शो जम्मा ५ घण्टा चल्नेछ । शोमा सहभागिता जनाई नेपाली ढाका कपडाको प्रर्वद्धन र ढाका प्रयोगमा प्रोत्साहनमा सहयोग गर्नपनि आयोजकले अपिल गरेको छ । उक्त शोको उद्धघाट्न भने नेपाली कांग्रेसकी नेतृ तथा सांसद पार्वता डिसी चौधरीले गर्ने पनि आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा आयोजकको तर्फबाट क्रिएटिभ डाईरेक्टर गुरुङसहित सिईओ रिषत रेमन, प्रवन्ध निर्देशक दीक्षा चौधरी र बजार निर्देशक आशिष श्रेष्ठको सहभागिता थियो ।

प्रेस विज्ञाप्ती

मितिः २०७६ भाद्र ३१

आदरणीय पत्रकार बन्धुहरू,

हाम्रो देश नेपाल; एक विविध संस्कार र संस्कृति बोकेको ऐतिहासिक राष्ट्र हो । भाषा र संस्कृतिको हिसावले विविधतायुक्त तथा धनी देशभित्रका विविध पहिरनहरुले नेपालको पहिचानलाई मौलिक बनाएका छन् । विश्वको इतिहासलाई हेर्दा मानव सभ्यताको विकाससँगै सुरुवात भएका परापूर्वकालीन पहिरनसँग जोडिएको पहिचानलाई विश्वका धेरै मुलुकहरुले विर्सदैँ र छोड्दै गइरहेको यथार्थ भेटिन्छ । तर कतिपय मुलुकले तिनै मौलिक र ऐतिहासिक पहिरन देखाएरै विश्वका अन्य मुलुकबाट लाखौँ पर्यटकहरु आफ्नो देशमा भित्र्याउने गरेका पनि छन् । पहिरनले देशलाई चिनाउन मद्दत गर्दछ । नेपाल जस्तो साँस्कृतिक धरोहरको देशमा ढाकाबाट बनेका कपडाहरु र तिनको पहिरन नेपालको कला, सभ्यता र परम्पराका पर्याय हुन् ।

पहिले परम्परागत ढाकाको टोपी, सारी, पछ्यौराजस्ता पहिरन मात्र लगाइन्थे । युवा पुस्ताको आकर्षण ढाकामा कमै थियो । तर, अहिले विभिन्न डिजाइनमा ढाका पहिरन तयार हुन थालेपछि युवापुस्ताको समेत आकर्षण बढेको छ । नेपालमा पहिला पाल्पाली ढाकाको पहिरन बढ्दा चलनमा थियो । तर पछिल्लो समय देशका विभिन्न भागमा ढाकाका कपडा उत्पादन हुन थालेको छ र ढाकाले राम्रो बजार लिइरहेको छ । ढाका नेपालमै बुनिने र चाहेअनुसारको बुट्टा राख्न सकिने हुनाले अहिले ढाकाप्रति आकर्षण बढ्दो छ, जुन नेपाल र नेपालीको लागि खुशीको कुरा हो । वि.स. २०१५ सालदेखि सुरु भएको ढाका कपडा उद्योगले अहिले राष्ट्रिय गहनाका रुपमा पहिचान बनाएको छ । ढाका कपडाको महत्व बढ्दै जानु र वि.स. २०५५ सालसम्म टोपी र चोलोमा सिमित ढाकाले अहिले बच्चादेखि वृद्धवृद्धासम्मको मन जित्न थाल्नु पक्कै खुशीको कुरा हो ।

यसै सन्दर्भमा बेडिध्र म्यानेजमेन्ट तथा मोडलिङ्ग सम्बन्धी काम गर्दै आइरहेको ढाका इभेन्ज कम्पनीले ढाका कपडाको प्रवद्र्धन गर्ने र यसको मौलिकतालाई विश्वस्तरमा चिनाउने उद्देश्यका साथ ढाका रन वे ब्राइडल शो को आयोजना गर्न लागिरहेको जानकारी गराउन पाउँदा हामी अत्यन्तै हर्षित भएका छौँ । ढाका कपडालाई वेहुलीले लगाउने पहिरनको डिजाइन दिएर गरिने फेसन शो ढाका इभेन्टको पहिलो संस्करण हो । यहि २०१९ सेप्टेम्बर २८ तारिखमा हुन गइरहेको उक्त फेशन शोमा नेपालका चर्चित डिजाइनर मनिश राई, मुक बुटिक (मुक्ता श्रेष्ठ), अर्बन भोग नेपाल (प्रफुल रिजाल, भारती आचार्य), विजय गौतम, मर्सल माश्सलले आफ्नो कलेक्शन÷पहिरन तथा डिजाइन देखाउने छन् ।

कुपण्डोलस्थित म्याक्सिम बैँक्वेटमा हुने उक्त फेसन शोमा ३५ जना मोडलहरुले आफ्नो सहभागिता जनाउने छन् । यस्तै नायिका, मोडेल तथा गायिका परमीना राणा, मोडल सबिता कार्की, मिस नेपाल अश्मी श्रेष्ठ, नायिका करुणा श्रेष्ठ, नायिका तथा मोडल सिर्जना रेग्मीको विशेष उपस्थिति रहने उक्त शोमा अन्य विभिन्न प्रस्तुतिहरु पनि समावेश गरिएको छ ।

जम्मा ५ घण्टा अवधिको रहेने उक्त फेसन शोमा यहाँहरुको पनि सहभागिता रही नेपाली ढाका कपडाको प्रबद्र्धन र ढाका प्रयोगमा प्रोत्साहन गर्न सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा सहित !

धन्यवाद । जय ढाका ! आयोजक
ढाका इभेन्ज कम्पनी



प्रतिक्रिया दिनुहोस्

Screenshot