Logo

विश्वकप फुटबल सकिएपछि मासिने कतारको स्टेडियम



सन् २०२२ को विश्वकप फुटबलको आयोजक देश कतारले चमत्कारिक काम गरेको छ । मरभूमिमा पहिलोपटक विश्वकप आयोजना गर्न लागेको कतारले निर्माण गर्न लागेको कतिपय स्टेडियमहरु विश्वकप समाप्तिपछि मासिनेछ ।

स्टेडियम मासिएपनि त्यसको सामानहरुको पर्नुप्रयोग हुनेछ । पुर्नप्रयोग गरिने सामानहरु अन्य देशहरुलाई स्टेडियम निर्माणका लागि दिने कतारले जनाएको छ ।

भव्य स्टेडियमहरु मरभूमिमा धमाधम बनिरहेका छन् । कतिपयको निर्माण पूरा भएको छ । कतारले स्टेडियम निर्माणमा ठूलो धनराशी खर्च गरेको छ ।

विश्वकप आयोजना गरेपछि मासिने स्टेडियममध्ये कतारको पहिलो हुनेछ । यसअर्थमा पनि उसले एकपछि अर्को किर्तिमान बनाएको छ ।
स्टेडियम यस्तो बनाइएको छ कि त्यसका हरेक सामान पुर्नप्रयोग हुनसक्छन् । यतिसम्मकी शौचालय र स्नानगृहका सामान पनि पुनप्रयोग हुनसक्ने गरी तयार पारिउको छ । हरेक सामान पुर्नप्रयोग गर्न सकिने स्टेडियम विश्वकै पहिलो हो ।-एजेन्सी  Photo Source: qatarliving



प्रतिक्रिया दिनुहोस्