Logo

दाँतको उपचार गर्न मुख खोल्ने यी शिर्ष नेता को हुन्



काठमाडौं, असोज १ । मुख आ ! गर्नुहोस् त । उनले मुख आ गरे । दन्तचिकित्सकले उनको राम्रो उपचार गरे । समस्या सुनेर उपचारका लागि अपनाउनुपर्ने विधि पनि बताए । के खान हुने नहुने र के के गर्नुपर्ने सबै बताए ।

दाँतको समस्या लिएर अस्पताल पुग्ने यी नेता हुन्- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड । उनलाई दाँतको समस्याले सताएको छ । बारम्बार दाँत दुख्न थालेपछि उपचारका लागि मङ्गलबार अस्पताल पुगे । ललितपुरस्थित मेडिसिटीमा उनको दाँतको उपचार भएको छ ।

दाँतको चिकित्सकले उनको उपचार गरे । प्रचण्डनिकट स्रोतका अनुसार उमेरका कारण दाँत कमजोर हुँदा दुखेको हो । ६० कटेका प्रचण्डलाई दाँतको समस्याबाहेक स्वस्थ छन् । उनी नियमित व्यायाम गर्छन् । प्रचण्ड बयाडमिन्टन खेल्न रुचाउँछन् ।

तस्बिरहरुः प्रचण्डको ट्वीटर पेज



प्रतिक्रिया दिनुहोस्