Logo

भारतमा इ–चुरोटमाथि प्रतिबन्ध



भारतमा इ–चुरोटमाथि प्रतिबन्ध लागेको छ । इलेक्ट्रोनिक चुरोटमाथि भारतको मन्त्रिपरिषदले बुधबार प्रतिबन्धको निर्णय गरेको हो ।

अब भारतमा इ–चुरोटको विक्री, उत्पादन, आयात र वितरणमा पूर्ण प्रतिबन्ध लागेको छ । इ–चुरोट स्वास्थ्यका लागि हानिकारक रहेको र युवाहरु लतमा लागेको भन्दै प्रतिबन्ध लगाएको भारतीय अर्थमन्त्री निर्मला सीतारामनको भनाई टाइम्स अफ इन्डियाले उदृत गरेको छ ।

भारतमा चार सय ब्रान्डका इ –चुरोट भित्रिएको तथ्यांक समेत सीतारामनले प्रस्तुत गरेकी थिइन् । १४० स्वादका इ–चुरोटमध्ये कुनैपनि भारतमा उत्पादन भएका होइनन् ।

अमेरिकाको न्युयोर्क र मिचिगनमा हालैमात्र इ चुरोटमाथि प्रतिबन्ध लगाइएको छ । कतिपयले चुरोटको लत छुटाउन इ–चुरोटको प्रयोग गर्छन् ।



प्रतिक्रिया दिनुहोस्