Logo

३१ करोड चिनियाँ चुरोट पिउँछन्



सँसारमा सबैभन्दा बढी चुरोट पिउनेमा चिनियाँहरु पर्दछन् । चीनमा ३१ करोड मानिसहरु चुरोट पिउने गरेको तथ्यांक छ ।

चुरोट पिउनेको संख्या र असरका कारण चीनले सार्वजनिक स्थानहरुमा चुरोट पिउने बन्देज लगाएको छ । कतिपय ठाउँहरुमा चुरोट विक्रीमा समेत प्रतिबन्ध लगाइएको छ ।

चीनपछि विश्वमा सबैभन्दा बढी चुरोट पिउनेमा भारतीय नागरिक पर्दछन् । भारतमा १० करोड ६० लाख मानिसहरुले चुरोट पिउने गरेको तथ्यांक छ । चुरोटको असरले स्वास्थ्यमा खराबी आई वार्षिक नौ लाखको मृत्यु हुनेगरेको छ ।

नेपालको जनसंख्याभन्दा झण्डै चार गुणा बढी भारतीयले चुरोट पिउने गर्छन् । चुरोटका कारण अत्याधिक मानिसहरु प्रभावित हुनथालेपछि भारतले विस्तारै कडाई गर्न थालेको छ ।

चुरोटको धुँवाले फोक्सोमा असर पुर्याउँछ । यसले क्यान्सरसमेत हुनेगरेको छ ।-एजेन्सी Photo Source: South China Morning Post



प्रतिक्रिया दिनुहोस्