Logo

चितुवाले घरको कम्पाउन्डभित्र छिरेर कुकुर लग्यो (भिडियोसहित)



शुरुमा चितुवा पर्खालमाथि चढ्छ । केहीबेर मौका कुर्छ । विस्तारै पर्खालबाट झर्छ ।

चितुवा घरभित्रको पहिलो तल्लामा पस्छ । त्यहाँबाट कुकुर उठाएर लान्छ । कालो रङ्गको कुकुर उठाएर चितुवा पर्खाल उक्लेर भाग्छ ।

यो घटना भारतको कर्नाटक राज्यको सिभामोगा जिल्लाको थिरथाहलीको हो । १५ सेप्टेम्बरको राति भएको घटनााको भिडियो घरमा रहेको सीसीटीभी क्यामरामा कैद भएको थियो ।

चितुवाले कुकुर उठाएर लगेपछि त्यहाँका बासिन्दा त्रसित भएका छन् । शहरमै चितुवा पसेपछि स्थानीय डराएका हुन् ।-एजेन्सी

भिडियो हेर्न तल क्लिक गर्नुहोलाः



प्रतिक्रिया दिनुहोस्