Logo

पाँच विधेयकमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल



काठमाडौं, १ असोज । प्रतिनिधिसभाको आजको बैठकमा पाँचवटा विधेयकमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल भएको छ । बैठकमा प्राप्त सन्देश टेबुल भएका विधेयकमा ‘वातावरण संरक्षण विधेयक, २०७५’, ‘वन विधेयक, २०७५’, ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५’, ‘भूमि सम्बन्धी (आठौँ संशोधन) विधेयक, २०७५’ र ‘राहदानी विधेयक, २०७५’ छन् । बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले पाँच वटै विधेयकमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गरे ।

प्रतिनिधिसभामा समितिको प्रतिवेदन

यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले “उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन, २०७६” प्रतिनिधिसभाको आजको बैठकमा पेश गरे । प्रतिनिधिसभाको बैठक आजै एक घण्टापछि बस्ने गरी सभामुख कृष्णबहादुर महराले स्थगित गरेका छन् । –रासस



प्रतिक्रिया दिनुहोस्