Logo

बंगलादेश पढ्न गएका विद्यार्थीले राजदूतलाई सुनाए समस्या



बंगलादेश । बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुले विभिन्न समस्या समाधानका लागि दुतावासमा ज्ञापनपत्र बुझाएका छन् ।

मंगलबार बंगलादेशस्थित नेपाली दुतावास पुगि विद्यार्थीहरुले राजदूत डा. बंशिधर मिश्रलाई समास्या समाधान गरिदिन आग्रह गर्दै ज्ञापन पत्र बुझाएका हुन् । विद्यार्थीहरुले अध्ययन भिसामा बस्दा २ वर्षको अवधि हुनुपने भए पनि १ वर्षको मात्रै दिने गरेको गुनासो गरेका छन् ।

त्यसैगरी नेपालबाट पैसा झिकाउँदा बैकिङ समस्या रहेको विद्यार्थीहरुले बताएका छन् । अध्ययनका क्रममा कलेजहरुले विभिन्न बहानामा प्रक्रियागत समस्या दिने गरेको पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी छात्रवृत्ति दिने भनेर त्यहाँ पुगेपछि नदिएको नेपाली मेडिकल विद्यार्थी संघका वरिष्ठ उपाध्यक्ष शिवशंकर शाहले बताए । ज्ञापनपत्र बुझ्दै राजदूत डा. मिश्रले समस्या समाधान गर्ने आश्वासन दिएको शाहले जानकारी दिएका छन् । राजदूत डा. मिश्रले समस्या समाधानका लागि कलेजहरुमै पुगेर जानकारी लिने आश्वासन दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्