Logo

ओली–देउवालाई लोकतन्त्र गुम्ने चिन्ता



काठमाण्डौ । पछिल्लो समय संविधान, संघीयता, गणतन्त्र र धर्म निरपेक्षता खतरामा परेको टिप्पणी भइरहेको छ ।

सत्तापक्ष र प्रतिपक्षी दलहरु प्राप्त उपलब्धि रक्षा गर्ने विषयमा बेलाबेलामा एक ठाउँमा उभिन्छन् । बुधबार पनि प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति देउवाले गणतन्त्र र लोकतन्त्रमाथि प्रहार गर्नेलाई परास्त पार्नुपर्ने अभिव्यक्ति दिएका छन् ।

फरक फरक कार्यक्रममा सहभागि ओली र देउवाले एउटै आशयको विचार प्रकट गरेका हुन् ।

सभापति देउवाले मुलुकमा लोकतन्त्र र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भइरहेको आरोप लगाएका हुन् ।
बुधबार काठमाडौंमा पद्म कन्या क्याम्पसको ६९ औं बार्षिकोत्सवको उद्घाटन गर्दै उनले लामो संघर्षपछि प्राप्त उपलब्धिको संरक्षण गर्न सबै राजनीतिक दल एक हुनु पर्नेमा जोड दिएका हुन् । उनले लोकतन्त्रको सुदृढिकरण गर्दै जनचाहना अनुसारको काम गर्ने प्रतिवद्धता राजनीतिक दलले गर्नुपर्ने बताए ।

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमाथि खतरा पैदा भए बघिनीको शैलीमा रक्षात्मक ढंगले सरकार प्रस्तुत हुने चेतावनी दिएका हुन् । बुधबार सिंहदरबार परिसरमा संघीय संसद भवनको शिलान्यास समारोहलाई सम्बोधन गर्दै उहाँले केही व्यक्तिहरु जसरी पनि वातावरण विगार्ने काममा लागिरहेको उल्लेख गर्दै सरकार लोकतन्त्रको रक्षाका लागि बघिनीको शैलीमा उत्रिने बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्